आइतबार, कार्तिक १६ गते २०८३
images
images

विश्वकप लिग –२:ओमानसँग नेपालको फराकिलो हार

एक्सप्रेस पाना
बैशाख १६, २०८३ बुधबार
  • 191
    SHARES
  • विश्वकप लिग –२:ओमानसँग नेपालको फराकिलो हार

    काठमाडौँ । ओमानविरुद्ध नेपालले ठूलो अन्तरको हार व्यहोरेको छ।

    images

    आइसीसी क्रिकेट विश्वकप लिग –२ अन्तर्गत बुधबार भएको खेलमा ओमानले नेपाललाई डिएलएस विधिका आधारमा १०२ रनले पराजित गरेको हो।

    ३०६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको अवस्थामा वर्षा सुरु भएसँगै खेल रोकिएको थियो। त्यसपछि डिएलएस विधिबाट नतिजा घोषणा गरिएको हो।

    images

    नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ६० रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै भिम सार्कीले २८ रन जोड्दा आसिफ सेखले १९ रन बनाए।

  • सम्बन्धित विषय:

  • # विश्वकप लिग –२