काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेका छन् ।
राष्ट्रपति पौडेलले मंगलबार “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३” जारी गरेका हुन् । यो अध्यादेश संविधानको धारा ११४ अनुसार जारी गरिएको हो।
राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाइएको अध्यादेश सरकारले सोमबार स्वीकृतिका लागि पुनः सिफारिस गरेको थियो ।
सरकारबाट पुनः सिफारिस गरिएपछि राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् ।

.jpg)


