मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

एक्सप्रेस पाना
बैशाख २३, २०८३ बुधबार
  • 124
    SHARES
  • रास्वपाले स्वास्थ्य विभाग पालिकासम्म विस्तार गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने जनाएको छ ।

    images

    स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा.तोसिमा कार्कीले सामाजिक सञ्जाल मार्फत पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने जानकारी दिएकी हुन् ।

    उनले अस्पतालमा लाग्ने गरेको लामो लाइन, स्वास्थ्यको महंगो उपचार, गाउँगाउँमा डाक्टर र स्वास्थ्यकर्मी नपुग्नुको कारण उपचारको कमी नभई यो स्वास्थ्य प्रणालीकै कमजोरी रहेको बताइन् ।

    images

    उनले भनिन्,‘स्वास्थ्य भन्ने वित्तिकै अस्पतालको बेड र औषधि बुझ्ने गछौं । तर तपाईलाई थाहा छ ? अस्पतालको लामो लाइन, स्वास्थ्यको महंगो उपचार, गाउँगाउँमा डाक्टर र स्वास्थ्यकर्मी नपुग्नुको कारण उपचारको कमी हाईन् यो स्वास्थ्य प्रणालीकै कमजोरी हो ।’

    विस्तारका निम्ति विज्ञहरू र विभागीय सदस्यहरू समेत चाहिएको बताउँदै उनले नेपालको स्वास्थ्य अवस्था बदल्नका निम्ति सबै एक हुन आवश्यक रहेको भन्दै उनले डाक्टर, नर्स, स्वास्थ्यकर्मी, जनस्वास्थ्य विज्ञहरू, स्वास्स्थ्य प्रविधिका इन्जिनियर र व्यवस्थापकहरूलाई विभागमा जोडन आह्वान गरेकी छन् ।

  • सम्बन्धित विषय:

  • # रास्वपा