काठमाडौँ । सरकारले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिश गरेको छ ।
बिहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संबैधानिक परिषदको बैठकले न्यायाधीश डा.मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो ।
यसअघि प्रधानन्यायाधीश पदका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो । तीमध्ये संवैधानिक परिषद्ले डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश पदका लागि अघि बढाउने निर्णय गरेको हो ।
शर्मा २०७६ वैशाखमा नेपालको सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । त्यसपछि उनले सर्वोच्च अदालतमा विभिन्न महत्वपूर्ण संवैधानिक तथा कानुनी मुद्दाको सुनुवाइ गरेका छन् ।
.jpg)


