काठमाडौं । सरकारले १५ जना नेपाली अवैतनिक कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयअन्तर्गत विदेशस्थित १५ जना नेपाली अवैतनिक कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते अपराह्न ४ बजे बस्ने संघीय संसद् बैठकलाई सम्बोधन गर्न सम्माननीय राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु :
१. सम्मानिय राष्ट्रपति ज्यू समक्ष संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई २०८३ बैसाख २८ गते सोमबारका दिन ४ बजे सम्बोधन हुन र त्यसका लागि संघीय संसदका माननिय सदस्यहरुको पनि उपस्थिती आह्वान गर्न अनुरोध गर्ने ।
२. विदेशस्थित १५ जना नेपाली अनररी कन्सुलर जेनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने ।
३. अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल नं. २९ (P029 Protocol of 2014 to the Forced Labour Convention, 1930) अनुमोदनका लागि संङ्घीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।
४. संलग्न अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नं. ८१ (C081 Labour Inspection Convention, 1947) अनुमोदनका लागि सङ्घीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।
.jpg)


