काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।
मंगलबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र स्कटल्याण्डबीच हालसम्म ९ पटक भेट भएको छ । ती खेलमध्ये नेपालले ५ खेलमा जित हात पारेको छ भने स्कटल्याण्ड ३ खेलमा विजयी भएको छ । एक खेल भने वर्षाका कारण नतिजाविहीन बनेको थियो ।
लिग–२ को जारी अंक तालिकामा नेपालले २४ खेल खेल्दा ८ जित र १४ हार बेहोरेको छ । दुई खेलमा अंक बाँड्दै नेपालले कुल १८ अंक जोडेको छ र हाल सातौं स्थानमा रहेको छ ।


