कात्तिक १२ काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार चार सय रुपैयाँ कायम भएकोमा आज चार सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्यमा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय ४५ रुपैयाँ कायम भएको छ । हिजो बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ५० रुपैयाँ कायम भएको थियो ।
.jpg)

