काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा ४ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहिबार सुन प्रतितोला ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।


