काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा ४ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।


