काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य सामान्य बढेको छ ।
आज सुन तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९४ हजार ८ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ ।


