शनिबार, भाद्र २७ गते २०८३
images

४ दिनदेखि हराएकी महिलाको शव फेला

एक्सप्रेस पाना
जेठ १२, २०८३ मंगलबार
  • 141
    SHARES
  • ४ दिनदेखि हराएकी महिलाको शव फेला

    काठमाडौं ।  मोरङको उर्लाबारी–१ लक्ष्मीझारकी अन्दाजी ४५ वर्षीया सविता लिम्बूको शव स्थानीय बक्राहा खोलाको डिलमा फेला परेको छ ।

    images

    चार दिनदेखि हराइरहेकी लिम्बूको शव आज बिहान स्थानीयले गाईबस्तु चराउने क्रममा देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीको टोली घटनास्थल पुगेर मुचुल्का तथा अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।

    स्थानीयका अनुसार शव फुलिएको अवस्थामा थियो। मृतकको पहिचान उनले लगाएको कपडाका आधारमा श्रीमान्ले गरेका हुन् । प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको जनाएको छ । शव परीक्षणका लागि पठाउने तयारी भइरहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # सविता लिम्बू