मंगलबार, भाद्र २३ गते २०८३
images

उखु किसानको भुक्तानी समस्या तुरुन्त समाधान गर्न सांसद अमरेश सिंहको माग

एक्सप्रेस पाना
जेठ १२, २०८३ मंगलबार
  • 103
    SHARES
  • उखु किसानको भुक्तानी समस्या तुरुन्त समाधान गर्न सांसद अमरेश सिंहको माग

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले उखु किसानको भुक्तानी र मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

    images

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले चिनी उद्योगहरूले अझैसम्म उखु किसानलाई भुक्तानी दिन नसकेको बताएका हुन् । उनले सरकारले उपलब्ध गराउने अनुदान रकमसमेत किसानले समयमै पाउन नसकेको उल्लेख गर्दै छिटो भुक्तानीको व्यवस्था गर्न माग गरे ।

    उनले भने, ‘उखु किसानको अहिलेसम्म चिनी मिलले पैसा दिन सकेको छैन । सरकारले दिने अनुदान पनि उखु किसानले पाउन सकेका छैनन् यसमा मैले सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । चाँडै उखु किसानको भुक्तानी होस् । सरकारले दिने रकम पनि चाँडै उपलब्ध होस् किसानलाई । अब रोपाईंको सिजन सुरु हुने बेला छ । प्रर्याप्त मलको व्यवस्था सरकारले समयमा गरोस् । अहिलेसम्म मलको उपलब्धता हुन सकिरहेको छैन । १०,१५ दिनपछि रोपाईको सिजन सुरु हुन्छ ।’

    images

    उनले उखु किसानले पाउनुपर्ने रकम तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गर्दै अब रोपाइँको सिजन सुरु हुन लागेकाले आवश्यक मलको व्यवस्था समयमै गर्नुपर्ने बताए ।

    सांसद सिंहले हालसम्म पर्याप्त मल उपलब्ध हुन नसकेको उल्लेख गर्दै आगामी १०–१५ दिनभित्र रोपाइँ सुरु हुने भएकाले किसानलाई समस्या नपर्ने गरी मल आपूर्ति सुनिश्चित गर्न सरकारलाई आग्रह गरे ।

  • सम्बन्धित विषय:

  • # अमरेश सिंह
  • # उखु किसान