काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले बढेको छ ।
आज बजार ४.९९ अंकले बढेर २७८२.१० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै बुधबार कारोबार रकम पनि बढेको छ । मंगलबार ४ अर्ब ८५ करोडको कारोबार भएको बजारमा बुधबार ६ अर्ब ३ करोडको कारोबार भएको छ ।
त्यसैगरी सोमबार १५१ कम्पनीको सेयर मुल्य बढेको छ भने १०५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १४ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


