आइतबार, कार्तिक १६ गते २०८३
images
images

मानव अधिकार आयोगले सार्वजनिक गर्‍यो जेन्जी आन्दोलनसम्बन्धीको प्रतिवेदन

एक्सप्रेस पाना
जेठ १३, २०८३ बुधबार
  • 234
    SHARES
  • मानव अधिकार आयोगले सार्वजनिक गर्‍यो जेन्जी आन्दोलनसम्बन्धीको प्रतिवेदन

    काठमाडौं ।  राष्ट्रिय मानव अधिकार आयोगले जेन्जी आन्दोलनसँग सम्बन्धित मानवअधिकार उल्लंघन घटनाको अनुसन्धान प्रतिवेदन नेपाल सरकारलाई बुझाएको जनाएको छ।

    images

    आयोगद्वारा जारी प्रेस–नोट अनुसार, २०८२ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनबारे आयोगको २०८३-२-१३ को बैठकले निर्णय तथा सिफारिस पारित गरेको हो।

    आयोगले घटनाको अनुसन्धान गर्न गठित समितिले अनुसन्धान सम्पन्न गरी प्रतिवेदन पेश गरिसकेको जनाएको छ। उक्त प्रतिवेदनका आधारमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आवश्यक सिफारिससहित पत्राचार गरिएको आयोगले उल्लेख गरेको छ। 

    images

  • सम्बन्धित विषय:

  • # जेन्जी आन्दोलन