शनिबार, भाद्र २७ गते २०८३
images

किष्ट प्रत्यारोपण केन्द्रद्वारा २०० भन्दा बढी अंगदातालाई सम्मान

एक्सप्रेस पाना
जेठ १४, २०८३ बिहीबार
  • 96
    SHARES
  • किष्ट प्रत्यारोपण केन्द्रद्वारा २०० भन्दा बढी अंगदातालाई सम्मान

    काठमाडौं । किष्ट प्रत्यारोपण केन्द्रले २०० भन्दा बढी अंगदातालाई सम्मान गरेको छ । 

    images

    बिहिबार किष्ट शिक्षण अस्पतालल अन्तर्गत रहेको किष्ट प्रत्यारोपण केन्द्रले आयोजना गरेको ‘अंगदाता सम्मान कार्यक्रम’ मा मानव जीवन बचाउने महान कार्यमा योगदान पुर्‍याउने  २०० भन्दा बढी अंगदातालाई सम्मान गरिएको हो । 

    कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाका नगर प्रमुख तथा उपत्यका मेयर फोरमका अध्यक्ष चिरीबाबु महर्जनले गरेका थिए भने उपत्यकाका विभिन्न नगर प्रमुख, नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्व, स्वास्थ्यकर्मी, प्रत्यारोपण विशेषज्ञ, बिरामी तथा अंगदाताहरूको उल्लेखनीय कार्यक्रममा सहभागिता रहेको थियो ।

    images

    किष्ट शिक्षण अस्पतालले निजी क्षेत्रका अस्पतालमध्ये सबैभन्दा धेरै अंग प्रत्यारोपण गर्ने अस्पतालको रूपमा आफूलाई स्थापित गरेको जनाएको छ । विगत पाँच वर्षदेखि ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल उच्च सफलता दरसहित प्रत्यारोपण सेवामा अग्रणी रहँदै आएको अस्पतालको दाबी छ ।

    अस्पतालका अनुसार हालसम्म २०२ जनामा मिर्गौला प्रत्यारोपण तथा १५ जनामा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरिएको छ । अस्पतालले यसलाई बिरामीहरूलाई ‘दोस्रो जीवन’ प्रदान गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेको छ ।

    किष्ट शिक्षण अस्पतालले अन्तर्राष्ट्रियस्तरको सेवा गुणस्तर कायम गर्न एनएबीएच बाट प्रमाणीकरणसमेत प्राप्त गरिसकेको जनाएको छ । अस्पतालले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एकैसाथ गरिने मिर्गौला र कलेजो प्रत्यारोपण , दुई परिवारबीच आपसी सहमतिमा गरिने अंग प्रत्यारोपण तथा ल्यापारोस्कोपिक प्रविधिबाट प्रत्यारोपण शल्यक्रिया सफलतापूर्वक सञ्चालन गर्दै आएको जनाएको छ।

    नेपालमै पहिलो पटक ‘डुअल ट्रान्सप्लान्ट’ शल्यक्रिया किष्ट शिक्षण अस्पतालले सफलतापूर्वक सम्पन्न गरेको अस्पतालले उल्लेख गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रकाशित ‘नेसनल जोइन्ट एनुअल रिभ्यु रिपोर्ट २०७९/८०’ मा समेत उक्त उपलब्धि उल्लेख गरिएको अस्पतालको भनाइ छ। अस्पतालका अनुसार हालसम्म प्रत्यारोपण गरिएका बिरामीहरूमध्ये सबैभन्दा बढी उमेरका ८० वर्षीय तथा सबैभन्दा कम उमेरका १९ वर्षीय बिरामी रहेका छन्।

    अस्पतालले क्यान्सर पहिचान भएकी ८० वर्षीया महिलाले चिकित्सकीय रूपमा अंगदान योग्य भएपछि दिएको अंगबाट आफन्तको जीवन बचाउन सफल भएको उदाहरणसमेत प्रस्तुत गरेको छ।

  • सम्बन्धित विषय:

  • # किष्ट प्रत्यारोपण केन्द्र