मंगलबार, भाद्र २३ गते २०८३
images

अर्थमन्त्रीद्वारा राष्ट्रपति पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी

एक्सप्रेस पाना
जेठ १४, २०८३ बिहीबार
  • 251
    SHARES
  • अर्थमन्त्रीद्वारा राष्ट्रपति पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी

    काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् ।

    images

    बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् ।

    भेटमा अर्थमन्त्रीले संसद्मा पेस गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरे ।
    अर्थमन्त्रीले भोली (जेठ १५ गते) अपरान्ह ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै छन् । बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ।

    images

  • सम्बन्धित विषय:

  • # अर्थमन्त्री
  • # राष्ट्रपति पौडेल