कात्तिक १२ सिन्धुपाल्चोक । जिल्लाको हेलम्बु गाउँपालिका निगाले निवासी श्री सिङ्गी लामाको पहलमा वडा नम्बर २ मा रहेको सातधारा आधारभुत विद्यालयका करिब ६५ जना विद्यार्थीहरुलाई शौक्षिक, स्वाथ्यसामाग्री वितरण गर्नु भएको छ ।
उहाँले विद्यालयमा अध्यनरत नर्सरी देखि ६ कक्षा सम्मका सम्पूर्ण विद्यार्थीहरुका लागि झोला,टोपी, सुइटर,कलम कापी , मञ्जन,ब्रुस बितरण गरेको विद्यालयका प्रधानाध्यापक सोम ज्योतीले बताउनु भयो । साथै सिङ्गी लामाले विद्यालयको लागि दुई वटा कम्पुटर पनि हस्तान्तरण गर्नु भएको उहाँले बताउनु भयो ।

