मंगलबार, भाद्र २३ गते २०८३
images

झिनो अंकले बढ्यो नेप्से , ५ अर्ब ७३ करोडको कारोबार

एक्सप्रेस पाना
जेठ २०, २०८३ बुधबार
  • 67
    SHARES
  • झिनो अंकले बढ्यो नेप्से , ५ अर्ब ७३ करोडको कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले बढेको छ । 

    images

    आज बजार २.६६ अंकले बढेर २७८०.२५ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    बजार बढेसंगै मंगलबार कारोबार रकम पनि सामान्य बढेको छ । मंगलबार ५ अर्ब २६ करोडको कारोबार भएको बजारमा आज ५ अर्ब ७३ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज १४९ कम्पनीको सेयर मुल्य बढेको छ भने ११६ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

  • सम्बन्धित विषय:

  • # नेप्से