काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार २०.२७ अंकले घटेर २७३५.१४ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । शुक्रबार ५ अर्ब ६२ करोडको कारोबार भएको बजारमा सोमबार ४ अर्ब ८ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ४१ कम्पनीको सेयर मुल्य बढेको छ भने २२१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


