काठमाडौं । पूर्व गृहमन्त्री सुदन गुरुङ पुनः गृहमन्त्रीमा दोहोरिने भएका छन् । उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा हुने तय भएको बताइएको छ।
सम्पत्तिसम्बन्धी प्रश्न उठ्न थालेपछि गुरुङले गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि उनीमाथि सार्वजनिक रूपमा उठेका विषयहरूको अध्ययन र छानबिन गर्न सरकारले गठन गरेको समितिले कुनै अनियमितता वा दोष नदेखाएको निष्कर्ष पछि गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किने भएका हुन्।

