काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ ।
आज सुन तोलामा १० हजार १ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।


