मंगलबार, भाद्र २३ गते २०८३
images

१२.२६ अंकले घट्यो नेप्से , ४ अर्ब ४१ करोडको कारोबार

एक्सप्रेस पाना
आषाढ १, २०८३ सोमबार
  • 150
    SHARES
  • १२.२६ अंकले घट्यो नेप्से , ४ अर्ब ४१ करोडको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । 

    images

    आज बजार अंकले घटेर १२.२६ अंकले २७११.७६ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

    बजार घटेर बन्द भए पनि सोमबार कारोबार रकम भने सामान्य बढेको छ । शुक्रबार ४ अर्ब ३४ करोडको कारोबार भएको बजारमा सोमबार ४ अर्ब ४१ करोडको कारोबार भएको छ । 

    images

    त्यसैगरी आज ७३ कम्पनीको सेयर मुल्य बढेको छ भने १८८ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

     

  • सम्बन्धित विषय:

  • # नेप्से