काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ ।
आज बजार ०.०८ अंकले बढेर २७०५.५३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेर बन्द भए पनि बुधबार कारोबार रकम भने घटेको छ । मंगलबार ४ अर्ब ४ करोडको कारोबार भएको बजारमा बुधबार ३ अर्ब ६३ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १२६ कम्पनीको सेयर मुल्य बढेको छ भने १३१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १४ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् ।


