बुधबार, भाद्र २४ गते २०८३
images

फिफा विश्वकप २०२६:मेक्सिको नकआउट चरणमा प्रवेश, दक्षिण कोरियामाथि १–० को जित

एक्सप्रेस पाना
आषाढ ५, २०८३ शुक्रबार
  • 185
    SHARES
  • फिफा विश्वकप २०२६:मेक्सिको नकआउट चरणमा प्रवेश, दक्षिण कोरियामाथि १–० को जित

    काठमाडौं । सहआयोजक मेक्सिको दक्षिण कोरियामाथि १–० को जित हासिल गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।

    images

    शुक्रबार बिहान मेक्सिकोको ग्वाडलाहारा स्टेडियममा भएको समूह चरणको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै एक खेलअगावै अन्तिम चरणमा स्थान सुरक्षित गरेको हो।

    मेक्सिकोको जितका लागि खेलको ५०औँ मिनेटमा लुइस रोमोले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो।

    images

    खेलमा बल पोजिसन र पास एक्युरेसीमा दक्षिण कोरियाले केही सुधारात्मक प्रदर्शन गरे पनि गोल गर्न भने सकेन। दुवै टोलीले ८–८ सट प्रहार गरे पनि सट अन टार्गेटमा मेक्सिको ४ र दक्षिण कोरिया २ मा सीमित रह्यो।

    समूह ‘ए’ मा लगातार दोस्रो जितसँगै ६ अंक जोडेको मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ। 

    समूह ‘ए’ मा दक्षिण कोरिया, चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीच अन्तिम खेलहरूपछि नकआउट पुग्ने बाँकी टोलीको टुंगो लाग्नेछ। मेक्सिको भने सन् २०१८ मा अन्तिम–१६ सम्म पुगेको इतिहाससहित सन् २०२२ मा समूह चरणबाटै बाहिरिएको अनुभव बोकेर यस पटक बलियो सुरुआत गरेको छ।

  • सम्बन्धित विषय:

  • # फिफा विश्वकप २०२६
  • # मेक्सिको