बुधबार, भाद्र २४ गते २०८३
images

अस्ट्रियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा, मेस्सीले बनाए ऐतिहासिक कीर्तिमान

एक्सप्रेस पाना
आषाढ ९, २०८३ मंगलबार
  • 149
    SHARES
  • अस्ट्रियालाई हराउँदै अर्जेन्टिना नकआउट चरणमा, मेस्सीले बनाए ऐतिहासिक कीर्तिमान

    काठमाडौँ । जारी फिफा विश्वकपअन्तर्गत समूह ‘जे’ को खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २–० ले पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको छ।

    images

    अर्जेन्टिनाको जितमा कप्तान लियोनेल मेस्सी नायक बने। उनले खेलको ३८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि इन्जुरी समयमा अर्को गोल थप्दै उनले अर्जेन्टिनाको जित सुनिश्चित गरे।

    यस खेलसँगै मेस्सीले विश्वकप इतिहासमा नयाँ कीर्तिमान पनि कायम गरेका छन्। उनका विश्वकपमा गोलको संख्या १८ पुगेको छ, जुन प्रतियोगिताको इतिहासमा कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल हो। उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजेको १६ गोलको पुरानो कीर्तिमानलाई पछि पारेका हुन्।

    images

    लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको अर्जेन्टिनाले यस जितसँगै अन्तिम ३२ मा स्थान बनाउँदै उपाधि यात्रालाई थप मजबुत बनाएको छ।

  • सम्बन्धित विषय:

  • # लिओनल मेस्सी
  • # फिफा विश्वकप फुलटब २०२६
  • # अर्जेन्टिना