काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोल, डिजेलरमट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको नयाँ मूल्य सार्वजनिक गरेको हो।
नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलरमट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ घटाइएको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौंमा लागू हुने हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले घटाइएको निगमले जनाएको छ। त्यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ।
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले गएरातिदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको हो ।
मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १९७ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ। यस्तै, एलपी ग्यासको मूल्य आधा सिलिन्डरको १,०३० रुपैयाँ र पूरा सिलिन्डरको २,०६० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।

.jpg)


