काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन्।
बुधबार पार्टीको केन्द्रीय कार्यालय चमतीमा आयोजित समारोहमा सभापति रवि लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
चितवनको भरतपुरमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूले उक्त समारोहमा शपथ लिएका हुन्।


