काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार सामान्य घटेको छ ।
आज बजार ८.३० अंकले घटेर २६५३.४० को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेर बन्द भए पनि कारोबार रकम भने सामान्य बढेको छ । बिहिबार ४ अर्ब ११ करोडको कारोबार भएको बजारमा शुक्रबार ४ अर्ब ४१ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १०३ कम्पनीको सेयर मुल्य बढेको छ भने १६० कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १४ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।


