काठमाडौं । साताको तेसो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार ३०.०९ अंकले घटेर २६२१.५९ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेर बन्द भए पनि बुधबार कारोबार रकम भने बढेको छ । मंगलबार ४ अर्ब ४० करोडको कारोबार भएको बजारमा बुधबार ४ अर्ब ८२ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज २५ कम्पनीको सेयर मुल्य बढेको छ भने २४७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ५ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।


