काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार पनि सेयर बजार घटेको छ ।
केहिदिनदेखी लगातार घटेको बजार आज १९.६७ अंकले घटेर २६०१.९२ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेर बन्द भएसंगै बिहिबार कारोबार रकम पनि सामान्य घटेको छ । बुधबार ४ अर्ब ८२ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ६१ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज ४२ कम्पनीको सेयर मुल्य बढेको छ भने २२९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ६ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।


