काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर २ लाख ८४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला १९ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।


