आइतबार, कार्तिक १६ गते २०८३
images
images

अनलाइन प्रणालीमार्फत सवारी कर तिर्न सकिने 

एक्सप्रेस पाना
श्रावण ८, २०७८ शुक्रबार
  • 322
    SHARES
  • अनलाइन प्रणालीमार्फत सवारी कर तिर्न सकिने 

    काठमाडौँ ।  अनलाइन प्रणालीमार्फत सवारी कर तिर्न सकिने व्यवस्था  हुने  भएको छ ।  अबदेखि अनलाइन प्रणालीमार्फत् नै सवारी साधनको सम्पूर्ण कर तिर्न सकिने भएको हो ।  बागमती प्रदेश सरकारले शुक्रबारदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लूबुक नवीकरण शुल्क, जरिवाना शुल्क लगायतका सम्पूर्ण सवारी साधन सम्बन्धी करलाई डिजिटलाइजेसन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।

    images

    शुक्रबार एक समारोहका बीच प्रदेश यातायात व्यवस्था तथा विकास मन्त्रालय, हेटौंडाले डिजिटल अनलाइन पेमेन्ट सेवा संचालनमा ल्याएको हो। उक्त सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारी सम्बन्धी सबै किसिमका कर तिर्न सकिने छ भने, सवारीधनीले सूचना प्रणालीमा आफूले प्रयोग गर्दै आएको सवारीसाधनको तिर्नुपर्ने कुनै पनि प्रकारको करको विवरण हेर्न र भुक्तानी गर्न सक्नेछन्।

    कर भुक्तानीका लागि डेबिट कार्ड तथा क्रेडिट कार्ड, मोबाइल वालेट, ई–बैंकिङ जस्ता डिजिटल सेवा प्रदायकमार्फत् गर्न सकिने समेत यातायात व्यवस्था कार्यालय हेटौंडाले जनाएको छ।

    images