काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार १६.२९ अंकले घटेर २६७२.५८ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार घटेसंगै बिहिबार कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्ब २ करोडको कारोबार भएको बजारमा बिहिबार ३ अर्ब ३८ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज आज ५९ कम्पनीको सेयर मुल्य बढेको छ भने २०६ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ११ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् ।


