काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मुल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर २ लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी आज चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।


