काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार झिनो अंकले घटेको छ ।
आज बजार १.२० अंकले घटेर २६८४.३३ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
बजार घटे पनि सोमबार कारोबार रकम भने सामान्य बढेको छ । शुक्रबार ३ अर्ब ७५ करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ५७ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज आज १२६ कम्पनीको सेयर मुल्य बढेको छ भने १४१ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ७ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् ।


