काठमाडौं : सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई हिरासतबाट मुक्त गरी बाहिरै राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको छ।
श्रेष्ठकी पत्नीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बाबुराम ढकालको इजलासले यस्तो आदेश दिएको हो।
अदालतले श्रेष्ठलाई हिरासतमा राखिरहनुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै हाजिर जमानी वा तारिखमा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौंलाई आदेश दिएको छ।


