आइतबार, कार्तिक १६ गते २०८३
images
images

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीले सम्हाले पदभार

एक्सप्रेस पाना
भाद्र ५, २०८३ शुक्रबार
  • 204
    SHARES
  • नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीले सम्हाले पदभार

    काठमाडौं । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन । 

    images

    पदबहालीको अवसरमा उनले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कोषले गर्दै आएको कार्यलाई अझ चुस्त र पारदर्शी रूपमा अघि बढाउने बताए ।

     साथै कोषमा रहेको ठूलो फण्डलाई सरकारका प्राथमिकतामा रहेका परियोजना र उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा कोषले योगदान पु¥याउन विशेष जिम्मेवारीको साथ कार्य गर्नुपर्ने बताए । 

    images

    कार्यकारी निर्देशक कार्कीले आफूले यो भन्दा अघि पनि कोषको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहि सकेकोले कोषको बारेमा आफू जानकार रहेको हुँदा आगामी दिनमा कोषलाई थप प्रभावकारी रूपमा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताए । उनलाई नेपाल सरकार, मन्त्रिपरिषदको २०८३/०५/०३ गतेको बैठकले कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

  • सम्बन्धित विषय:

  • # नागरिक लगानी कोष
  • # पर्वत कुमार कार्की