आइतबार, कार्तिक १६ गते २०८३
images
images

आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न ठमेल प्लाजा होटलले बोलायो साधारण सभा

एक्सप्रेस पाना
भाद्र ८, २०८३ सोमबार
  • 97
    SHARES
  • आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न ठमेल प्लाजा होटलले बोलायो साधारण सभा

    काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्बन्धी विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ ।

    images

    कम्पनीको साउन २७ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ३१ गते बिहान ९ बजे काठमाडौंस्थित कम्पनीको सभाकक्षमा साधारण सभा गर्ने निर्णय गरेको हो । सभामा कम्पनीको आईपीओ निष्कासन सम्बन्धी प्रस्ताव पारित गरिनेछ ।

    साथै, आईपीओ प्रक्रियाका क्रममा नियामक निकायबाट प्रबन्धपत्र तथा नियमावली संशोधन, थपघट वा अन्य कुनै परिवर्तन गर्न निर्देशन प्राप्त भएमा सोहीअनुसार आवश्यक निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पेश गरिनेछ ।

    images

    त्यसैगरी, कम्पनीको व्यवसाय विस्तारका लागि जग्गा खरिद गर्ने प्रस्तावसमेत सभाबाट अनुमोदन गरिने कार्यसूचीमा समावेश । सभाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सो अवधिको वित्तीय विवरणसमेत पारित गर्नेछ ।

  • सम्बन्धित विषय:

  • # ठमेल प्लाजा होटल