काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार १९.१३ अंकले घटेर २५९९.५८ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटेसंगै सोमबार कारोबार रकम पनि घटेको छ । शुक्रबार ४ अर्ब १६ करोडको कारोबार भएको बजारमा सोमबार ३ अर्ब २३ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज त्यसैगरी आज ४७ कम्पनीको सेयर मुल्य बढेको छ भने २२९ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् ।


