मंगलबार, भाद्र २३ गते २०८३
images

भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम कायमै,नदीबाट टाढा रहन आग्रह

एक्सप्रेस पाना
भाद्र १०, २०८३ बुधबार
  • 140
    SHARES
  • भोटेकोशी र त्रिशूलीमा बाढीको जोखिम कायमै,नदीबाट टाढा रहन आग्रह

    काठमाडौं । चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेपछि भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको छ ।

    images

    नेपाल बाढी सूचनाले बुधबार दिउँसो १ः३५ बजे सूचना जारी गर्दै अर्को सूचना नआएसम्म भोटेकोशी र त्रिशूली नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरेको हो ।

    नदी थुनिएको स्थानमा बनेको ताल पूर्ण रूपमा नखुलेका कारण जुनसुकै बेला नदीको बहाव बढ्न सक्ने जोखिम रहेकाले तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन सूचनामा आग्रह गरिएको छ ।

    images

  • सम्बन्धित विषय:

  • # भोटेकोशी बाढी