काठमाडौं । साताको तेसो कारोबार लिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज बजार ३५.९२ अंकले घटेर २५५८.३५ को विन्दुमा बन्द नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार घटे पनि बुधबार कारोबार रकम भने सामान्य बढेको छ । मंगलबार ४ अर्ब १० करोडको कारोबार भएको बजारमा आज ४ अर्ब ७७ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज त्यसैगरी आज २३ कम्पनीको सेयर मुल्य बढेको छ भने २५२ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी ३ कम्पनीको सेयर मुल्यमा भने कुनै परिर्वतन आएको छैन् ।


