आइतबार, भाद्र २८ गते २०८३
images

रसुवा बाढी : ४८९ को मृत्यु ,२८ प्रहरी अझै सम्पर्कविहीन

एक्सप्रेस पाना
भाद्र १२, २०८३ शुक्रबार
  • 272
    SHARES
  • रसुवा बाढी : ४८९ को मृत्यु ,२८ प्रहरी अझै सम्पर्कविहीन

    काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म २८ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेका छन् । 

    images

     

    बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ४ हजार ४७३ जना प्रहरी परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।

    images

    प्रहरीका अनुसार बाढीपछि विभिन्न जिल्लाबाट हालसम्म ४८९ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ३७, धादिङमा ४०, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २९, नवलपरासी पूर्वी क्षेत्रमा ११२ र पश्चिम क्षेत्रमा २८ जना रहेका छन्।

    त्यस्तै, बाढीबाट प्रभावित १ हजार ४७३ जनाको उद्धार तथा उपचार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना छन्।

    काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ८७ जना रहेको प्रहरीले जनाएको छ ।

    बाढी प्रभावित क्षेत्रमा अझै सम्पर्कविहीन रहेकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।