बुधबार, भाद्र २४ गते २०८३
images

सन्दीप लामिछानेले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा दिने

एक्सप्रेस पाना
भाद्र १४, २०८३ आइतबार
  • 159
    SHARES
  • सन्दीप लामिछानेले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा दिने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्।

    images

    लामिछानेले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्।

    मलेसियामा हुने एसीसी प्रिमियर कपमा नेपालको प्रतिनिधित्व गर्ने तयारीमा रहेका लामिछानेले देशमा परेको विपद्का बेला आफूहरूको मन स्वदेशमै रहेको बताएका छन्। उनले कठिन परिस्थितिबीच पनि मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै नेपालीको अनुहारमा केही मुस्कान ल्याउने प्रयास गर्ने बताएका छन्।

    images

    त्यसैगरी, एसीसी प्रिमियर कपमा नेपालले लिने प्रत्येक विकेटबापत १ हजार ५ सय रुपैयाँ र नेपाली खेलाडीले प्रहार गर्ने प्रत्येक बाउन्ड्री अर्थात् चौका तथा छक्काबापत थप १५ सय रुपैयाँ सहयोग गर्ने उनले बताएका छन्।

    उनका अनुसार उक्त रकम बाढीबाट प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन प्रयोग गरिनेछ। ‘उनीहरूका सपनाहरू कहिल्यै बाढीले बगाउन हुँदैन’ भन्ने भावनासहित उनले सहयोग घोषणा गरेका हुन्।

     

     

  • सम्बन्धित विषय:

  • # सन्दीप लामिछाने