आइतबार, भाद्र २८ गते २०८३
images

केडिया समूहद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग

एक्सप्रेस पाना
भाद्र १७, २०८३ बुधबार
  • 113
    SHARES
  • केडिया समूहद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड सहयोग

    काठमाडौं । केडिया समूहले बाढी तथा विपद् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ।

    images

    केडिया परिवारको तर्फबाट समूहले मंगलवार उक्त सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु–याउने उद्देश्यले केडिया समूहले प्रधानमन्त्री राहत कोषमा उक्त रकम प्रदान गरेको हो।

    पछिल्लो समय बाढी तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि निजी क्षेत्र, उद्योगी–व्यवसायी तथा विभिन्न संघसंस्थाले प्रधानमन्त्री राहत कोषमा सहयोग गर्ने क्रम बढेको छ।

    images

  • सम्बन्धित विषय:

  • # केडिया समूह