काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज बजार १५.४४ अंकले बढेर २५३८.११ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।
बजार बढेसंगै बुधबार कारोबार रकम पनि सामान्य बढेको छ । मंगलबार २ अर्ब ९० करोडको कारोबार भएको बजारमा बुधबार २ अर्ब ९४ करोडको कारोबार भएको छ ।
त्यसैगरी आज १९३ कम्पनकिो सेयर मुल्य बढेको छ भने ७५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १० कम्पनिको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन ।


