मंगलबार, भाद्र २३ गते २०८३
images

भोटेकोशी बाढी:१ हजार २५२ जनाको शव फेला, ४ हजार २१६ सम्पर्कविहीन

एक्सप्रेस पाना
भाद्र १८, २०८३ बिहीबार
  • 162
    SHARES
  • भोटेकोशी बाढी:१ हजार २५२ जनाको शव फेला, ४ हजार २१६ सम्पर्कविहीन

    काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म १ हजार २५२ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ४ हजार २१६ जना अझै सम्पर्कविहीन छन् ।

    images

    प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १२ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन् ।

    फेला परेका शवमध्ये रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ६९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २०८ र चितवनमा ३५५ रहेका छन् । 

    images

    बाढी तथा विपद्का घटनामा हालसम्म उपचार गरिएका घाइतेहरुको संख्या ५ हजार १३५ जना छन् । 

    प्राधिकरणका अनुसार हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले हवाइ माध्यमबाट मात्रै ४ हजार ९१ नेपाली र २७३ विदेशी नागरिकको उद्धार गरेको जनाएको छ ।

    नेपाली सेनाले हालसम्म ७१५ पटक हवाइ उडान गरेको छ । त्यसमध्ये बिहीबार मात्रै २५ उडान गरिसकेको छ । 

  • सम्बन्धित विषय:

  • # भोटेकोशी बाढी