आइतबार, कार्तिक १६ गते २०८३
images
images

कोरोना अपडेट :  दुई हजार ९७७ संक्रमित थप , १७ जनाको मृत्यु 

एक्सप्रेस पाना
श्रावण ८, २०७८ शुक्रबार
  • 374
    SHARES
  • कोरोना अपडेट :  दुई हजार ९७७ संक्रमित थप , १७ जनाको मृत्यु 

    नेपालमा शुक्रबार दुई हजार ९ सय ७७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६९८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ९८२ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार ६१ को  परीक्षण गर्दा ९९५ मा संक्रमण देखिएको छ ।

    images

    कुल १७ हजार ३०८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । 

    यस्तै, पछिल्लो २४ घण्टाकै अवधिमा नेपालमा कोरोना भाइरसको संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । यो संख्या हिजोको भन्दा केही कम हो । 

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा एक हजार ६ सय ७८ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।