आइतबार, कार्तिक १६ गते २०८३
images
images

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

एक्सप्रेस पाना
भाद्र ३१, २०८३ बुधबार
  • 325
    SHARES
  • चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

    काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला परेका छन् । आयोजनाका एक इन्जिनियरका अनुसार बुधबार दिउँसो पावरहाउसभित्र खोजी गर्ने क्रममा चारवटा शव भेटिएका हुन् ।

    images

    भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले चिलिमे जलविद्युत् आयोजनासहित रसुवाका र नुवाकोटका एक दर्जन जलविद्युत् आयोजना र विद्युत् पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको थियो । त्यसयता आयोजनाभित्र हराइरहेका कर्मचारी तथा कामदारको खोजी कार्य जारी छ ।

    फेला परेका शवको पहिचान र घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । सुरक्षा निकाय र सम्बन्धित निकायले शवको सनाखत तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # चिलिमे जलविद्युत्