आइतबार, कार्तिक १६ गते २०८३
images
images

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध ५ गतेदेखि पत्रकार महासंघ आन्दोलनमा

एक्सप्रेस पाना
आश्विन २, २०८३ शुक्रबार
  • 176
    SHARES
  • लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध ५ गतेदेखि पत्रकार महासंघ आन्दोलनमा

    काठमाडौं । नेपाल पत्रकार महासंघले लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकममा गरिएको कटौतीको विरोधमा असोज ५ गतेदेखि देशव्यापी आन्दोलन गर्ने भएको छ ।

    images

    महासंघका महासचिव रामप्रसाद दाहालले शुक्रबार बसेको सरोकारवालासहितको बैठकले माग पूरा नभए असोज ५ गते सोमबारदेखि विभिन्न कार्यक्रमसहित देशव्यापी आन्दोलनमा जाने निर्णय गरेको जानकारी दिए ।

    सूचना तथा सञ्चार मन्त्रालयले जारी गरेको ‘छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ मार्फत पत्रपत्रिकाले प्राप्त गर्ने विज्ञापनबापतको रकममा भारी कटौती गरिएको भन्दै महासंघले विरोध जनाउँदै आएको छ ।

    images

    महासंघले उक्त कार्यविधि खारेज गर्न यसअघि सूचना तथा सञ्चारमन्त्रीसमक्ष माग राखेको थियो । समस्या समाधान नभएसम्म विज्ञापनबापतको बिल नबुझ्न विज्ञापन बोर्डलाई समेत पत्राचार गरेको महासंघले जनाएको छ ।

    महालेखापरीक्षकको कार्यालयले लोककल्याणकारी विज्ञापनमा बेरुजु नदेखाएको र प्रेस काउन्सिल नेपालले लोककल्याणकारी विज्ञापनको रकममा हेरफेर तथा वृद्धिका सम्बन्धमा गरेको सिफारिसका आधारमा समस्या समाधान गर्न महासंघले शुक्रबार पुनः मन्त्रीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ ।

    महासंघले वार्ता र संवादमार्फत समस्या समाधान हुने अपेक्षा गरेको जनाएको छ । माग पूरा नभए पहिलो चरणमा विभिन्न कार्यक्रमसहित देशव्यापी आन्दोलनमा सहभागी हुन मातहतका समिति तथा सरोकारवालालाई महासंघले आह्वान गरेको छ ।

    f8d11ae2-9b2b-4668-ae4c-4c03c6a4c319.jfif

     

  • सम्बन्धित विषय:

  • # लोककल्याणकारी विज्ञापन