आइतबार, कार्तिक १६ गते २०८३
images
images

भोटेकोशी बाढी:टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो

एक्सप्रेस पाना
आश्विन ३, २०८३ शनिबार
  • 171
    SHARES
  • भोटेकोशी बाढी:टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकालियो

    काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र थप ११ जनाको शव भेटिएको छ। 

    images

    माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने क्रममा थप ११ शव फेला परेका हुन्। 

    आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले अडिट ३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ११ वटा शव बाहिर निकालिएको आयोजनाले जानकारी दिएको छ।

    images

    यसअघि शुक्रबार दिउँसो १३ वटा र साँझ ५ वटा शव भेटिएका थिए। खोजी अझै जारी रहेको नेपाली सेनाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भोटेकोशी बाढी